
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको गेटमा आजदेखि साताव्यापी पारासिटामोल औषधि र मास्क निःशुल्क वितरण शुरु गरिएको छ । नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले विभाग अगाडी सिटामोल र मास्क वितरण गर्नुभएको हो ।
हरेक दिन बिहान १२ बजेदेखि अपरान्ह ३ बजेसम्म सर्वसाधारणले परासिटामेल र मास्क प्राप्त गर्न सक्नेछन् । उनीहरुलाई स्वास्थ्यकर्मीमार्फत प्रेसर जाँचको सुविधा पनि उपलब्ध गराइएको छ ।
सिटामोलको अभाव भइरहेका खबर सार्वजनिक भएका बेला अबुल हुसेन अन्सारीले यो अभियानअन्तर्गत ५ लाख सिटामोल निःशुल्क वितरण गर्ने बताउनुभयो ।

कोभिड संक्रमण सुरु भएदेखि बजारमा पारासिटामोलको चर्को अभाव हुँदै गएको छ । अहिलेको कोभिड १९ महामारीका बेला सिटामोल औषधिको अत्यन्त जरुरी रहेकाले सिटामोलको अभाव हुन नदिनका लागि अयान हेल्थ केयर तथा अनमोल हेल्थ केयरले निःशुल्क सिटामोल चक्कि वितरण गरेको उहाँले स्पष्ट पार्नुभयो ।
एक सातामा पनि सिटामोल अभाव नसुल्भिएमा ७७ वटै जिल्लाका सदरमुकामबाट पारासिटामोल वितरणको अभियान सञ्चालन गर्ने अबुलले जानकारी गराउनुभयो ।
निशुल्क औषधि वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वल जंग पाण्डे, महासचिव विप्लव अधिकारी र नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यलेसमेत सहभागिता जनाउनुभएको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

