
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रतिस्थापन गरिएको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरिय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा प्रतिस्थापन गर्नुभएको हो ।
यसअघि राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरिएको भएपनि अटेर गरेर ढकालले विभागमै हाजिर गर्दै आउनुभएको थियो ।
ढकाललाई पुस २५ गते प्रयोगशालामा सरुवा गर्ने निर्णय भएको थियो । ढकाललाई सरुवा गरेर मन्त्रालयले विभागको महानिर्देशकमा भरत भट्टराई ल्याएको छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


