जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार बढेको कोरोना संक्रमितको संख्या बुधबार केही घटेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर जम्मा नमुना २० हजार ३५९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । मंगलबार १२ हजार ८ जनामा संक्रमण पुष्टि भएकोमा सो संख्या घटेर ८ हजार ४५४ मा झरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज १३ हजार ५४९ पिसिआर परीक्षण गर्दा ५ हजार ५७१ जनामा र ६ हजार ८१० एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोभिढ–१९ पुष्टि भएको हो । यस अवधिमा ४ हजार ४३३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ५ जनाको निधन भएको छ । यस अवधिमा देशभर २ लाख ५६ हजार ४५६ जनाले कोपिभडविरुद्धको खोप लगाएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ हजार छ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
