
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म २ लाख ६० हजार बढीले कोरोना विरुद्धको अतिरिक्तमात्रा खोप लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई लाख २ लाख ६४ हजार ८९१ जनाले अतिरिक्तमात्रा खोप लगाएका हुन् ।
सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरहरुलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ ।
नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९९ लाख २१ हजार २३ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म १ करोड ६४ लाख १२ हजार ५५५ जनाले कोरोनाविरुद्धको एक मात्रा खोप लगाएका छन् । यस्तै, १ करोड ३२ लाख ४३ हजार ५७७ जनाले पुर्ण मात्रा खोप लगाइसकेका छन् ।
नेपालमा १८ वर्षमाथिका ८२.४ प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाएका छन् भने ६६.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


