
जनस्वास्थ्य सरोकार, हेटौडा । बागमती प्रदेशको राजधानीस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पताललाई ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सङ्घीय स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई भेन्टिलेटरसहित ५२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयले अस्पताललाई दुई वटा भेन्टिलेटर, १० वटा बेड, मनिटरलगायत अन्य स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री लामाले हेटौँडा अस्पताललाई प्रदेशकै प्रमुख अस्पतालको रुपमा विकास गरिने बताउनुभयो ।
कोभिड–१९ को सङ्क्रमणको जोखिम कम गर्न प्रदेश सरकारले ध्यान दिइरहेको जानकारी गराउनुहुँदै मन्त्री लामाले आगामी चैत महिनासम्म प्रदेशका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्य लिएको बताउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

