
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पताललका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिस साहमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ ।
संघले डा साहमाथि कुटपिट गर्ने टोलीलाई जतिसक्दो चाँडो कानूनको दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने माग गरेको हो ।
बुधबार जनमत पार्टीका कार्यकर्ताहरुले अस्पतालको गाडीमा सवार साहलाई गाडी रोकेर झ्यालको सिसा फुटाइ टाउको र अनुहारमा आक्रमण गरेका थिए ।
‘चिकित्सक लगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मी लगायत राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले सबैलाई स्तब्ध तुल्याएको छ ।’–संंघका अध्यक्ष रविन खड्काद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
संघले घटनामा संलग्न दोषीविरुद्ध मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोध आदिको मुद्धा चलाउनुपर्ने माग गरेको छ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
