
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पताललका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिस साहमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ ।
संघले डा साहमाथि कुटपिट गर्ने टोलीलाई जतिसक्दो चाँडो कानूनको दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने माग गरेको हो ।
बुधबार जनमत पार्टीका कार्यकर्ताहरुले अस्पतालको गाडीमा सवार साहलाई गाडी रोकेर झ्यालको सिसा फुटाइ टाउको र अनुहारमा आक्रमण गरेका थिए ।
‘चिकित्सक लगायत स्वास्थ्यकर्मीको सबैभन्दा बढी महत्व रहेको यस महामारीको घडीमा चिकित्सक, स्वास्थ्यकर्मी लगायत राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले सबैलाई स्तब्ध तुल्याएको छ ।’–संंघका अध्यक्ष रविन खड्काद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
संघले घटनामा संलग्न दोषीविरुद्ध मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोध आदिको मुद्धा चलाउनुपर्ने माग गरेको छ ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
