
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट १५ हजार ७३६ जनाको पीसीआर गर्दा ५ हजार ८१६ र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन भने १५ जना संक्रमितको निधन भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ जना रहेका छन् । त्यस्तै आज देशभर ५ लाख ५४ हजार ५६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

