जनस्वास्थ्य सरोकार, काठमाडौँ । बजारमा देखिएको परासिटामोलको अभाव विस्तारै सहज हुँदै गएको छ ।

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडल र निजी औषधि उत्पादक कम्पनिहरुले उत्पादन बढाएसँगै बजारमा पारासिटामोटल पाइन थालेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ वटा फार्मेसीमा अनुगमन गर्दा चारवटामा सिटामोल भेटिएको छ । बी एन्ड बी अस्पताल क्षेत्रका दुई फार्मेसीमा अनुगमन गर्दा दुवैमा सिटामोल भेटिएको थियो । चाबहिल क्षेत्रका ६ फार्मेसीमा अनुगमन गर्दा ४ वटामा सिटामोल थियो । फार्मेसीहरूले बिरामीको अवस्था अनुसार एक जना व्यक्तिलाई एक पत्ता सिटामोल दिएका छन् । सरकारले अनुगमन तीव्र बनाएपछि अहिले फार्मेसीहरूले औषधि लुकाएका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिनुभएको थियो । ।
त्यसपछि औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ताहरुको औषधि व्यवस्था विभागमा छलफल भएको थियो । छलफलमा सबैले आ–आफ्नो तर्फबाट उत्पादन र आपूर्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

