जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको निर्देशनलाई अटेर गरी चर्को होस्टेल शुल्क नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् ।
११ माघमा काठमाडौँ विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै खातामा फिर्ता गर्ने र बाँकी सबै विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन निर्देशन दिएको थियो । तर, ती दुई कलेजले तोकेको होस्टेलको महँगो र पूरै शुल्क नतिरेसम्म प्रवेश नदिने अडान राखेको छ ।
केयूको निर्देशनपछि विद्यार्थीले केएमसीका प्रिन्सिपललाई भेटेर छलफल गरेका थिए । तर, प्रिन्सिपलले सुनील शर्मा बाहिर रहेको र आफूलाई होस्टेलको शुल्क नतिरी पढ्न दिने निर्णय गर्ने अधिकार नभएको बताएको एक विद्यार्थीले जानकारी दिए । एमबिबिएस, बिडिएसको पढाइ संवेदनशील भएकाले केही विद्यार्थी बाध्य भएर होस्टेलको पूरै शुल्कको कबुलियतनामा गरेर अध्ययनमा सहभागी भएका छन् ।
चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको होस्टेलमा बस्ने विषय बाध्यकारी नभएको र ऐच्छिक हुने निर्णय गरी सर्कुलर गरिसकेको छ । नोबेल र केएमसीका सञ्चालक सुनील शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई देखाएर चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालयलगायत कुनै पनि निकायको निर्णय र निर्देशन मानेका छैनन् । विभिन्न बैठकमा शर्माले मन्त्रीदेखि अन्य निकायका पदाधिकारीलाई चुनौती दिने गरेका छन् ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
