जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको गाडीमा तोडफोड भएको छ । उपाध्यक्ष डा. गिरी सवार गाडिमा बिहीबार बिहान ११ बजे काँडाघारीमा आक्रमण भएकोआयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका सदस्य—सचिव डा.भोजराज शर्मा काफ्लेद्धारा जारी विज्ञप्तिमा उपाध्यक्ष गिरी सवार गाडीमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास भएको र गाडीमा व्यापक क्षति भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ—राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


