
जनस्वास्थ्य सरोकार, चितवन । एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन्। विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन्।
अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि त्यहाँ अस्पताल खोल्नुभएको हो । अस्पतालले शुक्रबार १०औँ वर्ष पार गरेको छ।
डा लामिछानेले भन्नुभयो, “पहिलो वर्ष हामी नयाँ थियौँ, धेरैले विश्वास गरेनन्,” -उहाँले थप्नुभयो-“जब हामीले छिटो र राम्रो सेवा दिन थाल्यौँ अनि बिरामीको चाप बढ्न थाल्यो।”
अस्पतालमा हाडजोर्नीसँगै चोटपटक, जोर्नी प्रत्यारोपण, दूरबिनबाट जोर्नी शल्यक्रिया, दुर्घटनाबाट भएका ठूला चोटपटकको शल्यक्रिया हुन्छन्। १८ हजारमध्ये करिब १२ हजार शल्यक्रिया डा लामिछाने आफैँले गरेका छन। उहाँले भन्नुभयो-“कुनै दिन १४ वटा शल्यक्रियासम्म गरेको तथ्याङ्क हामीसँग छ।”
अहिले शल्यक्रियामा उहाँसँगै डा अनिल भट्टराईसहितको समूह छ। हाडजोर्नीका अतिरिक्त अस्पतालमा नसा र अनुहारको हड्डीसम्बन्धी शल्यक्रिया (मेक्जिलोफेसियल) पनि गरिँदै आएको छ। अस्पतालले गरिब तथा विपन्न बिरामीहरूलाई सहुलियत तथा निःशुल्क उपचार सेवा पनि दिएको जनाएको छ।
हालसम्म झन्डै रु एक करोड ५० लाख बराबरको सहुलियत दिइएको लामिछानेको भनाइ छ। उहाँले भन्नुभयो -“हामीले रु ७५ लाख बराबरको पूरै निःशुल्क सेवा दिएका छौँ भने त्यति बराबरको आंशिक छुट दिएका छौँ।”रासस
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


