
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो ।
नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिनुभयो ।
दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।
सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुसी व्यक्त गर्नुभएको थियो । फाउन्डेसन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिनुभयो ।
सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउन्डेसनको सहयोगले जाडो मौसममा केही सहयोग पु¥याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिनुभयो ।
जुममार्फत कार्यक्रममा सहभागी भएका फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताउनुभयो । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
