
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन भने १० जना संक्रमितको निधन भएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन ।
मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित छन । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन । कोरोनाका बिरामीमध्ये २५६ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

