जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोर विजोर प्रणाली हटेको छ।
उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको जनाइएको छ । बैठकले ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै राखेको छ। जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड बढेको भनेर व्यापक बिरोध हुँदै आएको थियो ।
यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


