
जनस्वास्थ्य सराकोर, काठमाडौँ । विगत आठ वर्षदेखि नर्सिङ पेशामा समर्पित भएर काम गरिरहुनभएकी चन्द्रिका लामालाई आँखा अगाडि जीवन र मृत्युबीच लडिरहका बिरामी देख्दा भक्कानो छुटेर आउँछ ।
‘पेशाले नर्स भएपनि मभित्र पनि मानवता छ । कतिपय व्यक्तिहरु उपचार खर्च भुक्तानी गर्न नसकेर अस्पतालबाट निकालिन्छन् ।’—नर्स चन्द्रिका भन्नुहुन्छ—‘यस्ता घट्नाहरु देख्दा मन दुख्छ । पीडित व्यक्ति म कहाँ आएर रुँदा मन कटक्क खान्छ । तर नर्स पोशाक लगाइसकेपछि मन दह्रो बनाएर सेवामा खटिनु नर्सको बाद्यता रहेछ ।’
नर्स चन्द्रिकाले सन् २०१८ मा ब्याचलर इन नर्सिङको अध्ययन ‘बीएन्डबी मेडिकल इन्स्टिच्युट’ बाट पूरा गर्नुभयो । उहाँले ब्याचलर इन नर्सिङ अध्ययन सकेपछि बीएन्डबी अस्पतालमै करिब सात वर्ष काम गर्नुभयो । कामको शिलशिलामा उहाँले अस्पतालको काम र बिरामीको अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाउनुभयो । हाल उहाँ एउटा क्लिनिकमा आंशिक समय काम गरिरहनु भएको छ । भविष्यमा चन्द्रिकाले नर्सिङमा मास्टर गर्ने सोच बनाउनु भएको छ ।
निरन्तर आठ वर्षदेखि बिरामीको सेवामा तल्लिन रहनुभएकी चन्द्रिकासँग बिरामीसँग कस्तो व्यवहार गर्ने ? बिरामीको उपचार सहज तरिकाले कसरी गर्न सकिन्छ ? बिरामीको विश्वास कसरी जित्नेलगायतका व्यवहारिक ज्ञान छ ।
उहाँले प्रायः अस्पतालका सबै ठाउँतिर काम गर्ने अवसर पाउनुभयो । जसमध्ये उहाँ सबैभन्दा बढी मेडिकल वार्ड, सर्जिकल, आइसियू र कोरोनाकालमा दुई वर्ष ड्युटीमा खटिनुभयो ।
नर्स र बिरामीबीचको सम्बन्ध
‘सात वर्षको अनुभवमा मैले धेरै कुरा सिक्ने मौका पाएँ । बिरामीको नजिक गएर उहाँहरुको कुरा सुनिदिँदा पनि उपचारमा धेरै सहज हुँदोरहेछ । सर्वप्रथम नर्सहरुले बिरामीको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो ।’
चन्द्रिका भन्नुहुन्छ— ‘बिरामीकोे शारीरिक र मानसिक अवस्था बुझेर व्यवहार गर्न धेरै आवश्यक हुन्छ । बिरामीले नर्सप्रति विश्वास गरेपछि सम्बन्ध आफैँ सुमधुर भएर जान्छ ।’
जिम्मेवारी धेरै
झट्ट हेर्दा नर्सिङमा धेरै जिम्मेवारी नभए जस्तो देखिन्छ । कतिपय व्यक्तिले नर्सको काम बिरामी वार्डमा जाने, रक्तचाप जाँच्ने, औषधि दिने मात्र हो, भनेर बुझ्नुहुन्छ । तर नर्सको हरेक व्यवहारलाई बिरामीले नजिकबाट नियालिरहेका हुन्छन् । धेरैजसो बिरामी इन्जेक्सन लगाउँदा डराउने, रुने, रिसाउने, आनाकानी गर्ने गर्नुहुन्छ । यस्तो परिस्थितिमा नर्सहरुले संयम भएर बिरामीको मनोदशा बुझेर व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

बिरामी अनुकूल व्यवहार
बिरामीलाई कुन किसिमको सहयोग चाहिएको छ ? यस कुरालाई नर्सले विशेष ध्यान दिनुपर्छ । बिरामीको अवस्था हेरेर के कुरालाई प्राथमिकता दिने भनेर नर्सलाई हेक्का हुनुपर्छ ।
नर्सहरु चौबीसै घण्टा ड्युटीमा हुने भएकाले बिरामी अनुकूल व्यवहार गर्न पनि सिक्नुपर्ने उहाँको सुझाव छ ।
खुसीको क्षण
बिरामी निको भएर घर जाँदा खुसी लाग्छ । सुरुमा खराब स्थितिमा आएको बिरामी उपचारपछि ‘सिस्टर, म निको भएँ नि’ भनेर आउँदा गर्व महशुस हुन्छ । नर्सको व्यवहारबाट खुसी भएर कतिपयले उपहार पनि बोकेर आउनुहुन्छ । धेरै जना बिरामी निको भएर गइसकेपछि पुनः सम्झेर भेट्न आउँदा आफू र पेशाप्रति गर्व लाग्ने नर्स चन्द्रिको भनाइ छ ।
सपना
अस्पतालमा काम गर्दा गरिब, असहाय व्यक्तिहरुले साथमा यथेष्ट उपचार खर्च नभएर धेरै दुःख पाएको देखेको छु । त्यसैले भविष्यमा आर्थिक रुपमा सक्षम भएपछि आपत्मा परेका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने उहाँको सपना छ ।
राज्यस्तरबाट सुधार आवश्यक
नर्सहरुले धेरै कुरा नजिकबाट देखिरहेका हुन्छौं । त्यसैगरी राज्यस्तरबाट पनि अस्पतालहरुको अवलोकन गर्न आवश्यक छ । राज्यले नयाँ–नयाँ उपकरण ल्याएर उपचार सहज र सर्वसुलभ बनाउनुपर्छ । प्राथमिक उपचार तथा सडक दुर्घटना भएका व्यक्तिहरुको उपचार छिटो, छरितो हुनुपर्ने नर्स चन्द्रिको सुझाव छ ।
नर्सको व्यवस्थापनतिर पनि राज्यको ध्यान जाुनपर्छ । नर्सहरुको व्यवस्थापनमा ध्यान नदिँदा धेरैजना विदेश जान बाध्य छन् । स्वदेशको जनशक्तिलाई सही तरिकाले परिचालन गर्न आवश्यक भएको चन्द्रिका बताउहुन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

