जनस्वास्थ्य सरोकार, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानी–जानी कोभिड–१९ संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।
अभिजित अधिकारी र वीरेन्द्र मडैले संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै हुलाकमार्फत् उजुरी दर्ता गरेका हुन्।
उनीहरुले २०७८ साल माघ १२ गते ओली आफू कोरोना संक्रमित हुँदाहुँदै एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको बालकोटस्थित रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप लगाएका छन्।
ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुका साथसाथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमसमेत सिर्जना हुनसक्ने भएकोले उनलाई कारबाही नभएमा अरु कोरोना संक्रमितहरुले समेत मापदण्डको पालना नगर्ने दाबी गरिएको छ।
त्यसकारण विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशीघ्र कारबाही गर्न माग गरिएको छ।

देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
