जनस्वास्थ्य सरोकार, दमौली । तनहुँका बालबालिकालाई सोमबार (आज)देखि कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो डोज दिइने भएको छ।
यसअगाडि पहिलो डोज लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोज दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।
व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उहाँले बताउनुभयो । १४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिने उहाँको भनाई छ ।
शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत बालबालिकालाई खोप दिन लागेको छ। १२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयकाअनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ। भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन्। रासस
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
