जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ६१ हजार जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९५६ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ लाख २५ हजार जना रहेको छ ।
भारतमा लगातार कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । शनिबार २ लाख ३४ हजार र शुक्रबार २ लाख ३५ हजारमा संक्रमण पुष्टि भएको थियो ।
हालसम्म भारतमा ४ करोड १३ लाख जनसंख्यनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी ३ करोड ८९ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले करिब ४ लाख ९५ हजारको निधन भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
