
जनस्वास्थ्य सरोकार, देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरु द्धको पहिलो डोज खोप लगाएका छन् ।
स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।
तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्ष माथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको अनुमान छ । तीमध्ये एक दशमलव ८१ प्रतिशत अर्थात् दुई हजार ४११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
प्रदेशमा अहिले सात हजार ६४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १३१ जना अक्सिजनसहितको उपचारमा, २१ जना आइसीयू, दुई जना भेन्टिलेटर र अन्य बिरामी घरमै रहेका छन् ।
प्रदेशमा ११ लाख चार हजार ३५२ डोज खोप आवश्यक रहेको र अहिले १० लाख ८३ हजार ४७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिव डा विकास देवकोटाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण यता लुुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र तीमध्ये एक लाख ३३ हजार ७६६ जना सङ्क्रमित भएका थिए । प्रदेशभरको कूल जनसङ्ख्याको १९ दशमलब १४ प्रतिशत नागरिक सङ्क्रमित भएका छन् । रासस
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
