जनस्वास्थ्य सरोकार, काठमाडौँ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।

प्रतिष्ठानको तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई ३० वटा आइसियु बेड हस्तान्तरण गर्नु भएको हो ।
नेता पोखरेलले बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
उहाँले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताउनुभयो । नेता पोखरेलले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिनुभयो।
त्यस्तै, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताउनुभयो । प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
