
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्नुभएको हो ।
छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहनुभएको छ।
केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



