
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गर्नुभएको हो ।
छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा.लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहनुभएको छ।
केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ । प्रमुख प्रतिपक्ष दल एवं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले २४ लाख डोज खोई भन्दै सरकारमाथि प्रश्न उठाउँदै आइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

