
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १हजार ३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना कोरोना संक्रमणमुक्त भएका छन भने ८ जना संक्रमितको निधन भएको छ ।मन्त्रालयका अनुसार हाल देशभर ७९ हजार २७२ सक्रिय संक्रमित छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

