जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोपको पहिलो डोज लगाएका बालबालिकालाई दोस्रो डोज दिइने भएको छ ।
ललितपुर महानगरपालिकाले सूचना जारी गर्दै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई माघ २० गतेदेखि २५ गतेसम्म दोस्रो डोज खोप दिइने जानकारी दिएको हो। खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने सुचनामा उल्लेख छ।
पुस २७ गते खोप लगाएकालाई माघ २० गते वडा नम्बर १ देखि ४ सम्मका विद्यालयमा खोप लगाउने व्यवस्था गरिएको छ।
त्यस्तै, पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ भने पुस २९ गते खोप लगाएकालाई माघ २३ गते वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकिएको जनाइएको छ ।
पुस ३० गते खोप लगाएकालाई माघ २४ गते वडा न १५ का बाँकी विद्यालय र वडा न १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
माघ २ गते खोप लगाएकाको हकमा महानगरपालिकाले माघ २५ गते वडा न २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकेको छ।

‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
