जनस्वास्थ्य सराकोर, नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आइरहेको भएतापनि मृत्युदरमा भने वृद्धि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा कोभिड संक्रमणको कारण १ हजार १९२ जनाको निधन भएको छ । यसैगरी आइतबार ९५६ जनाको निधन भएको थियो ।
बितेको २४ घण्टामा २ लाख ५४ हजारभन्दा बढी व्यक्तिहरु कोभिड–१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या १७ लाख ४३ हजार रहेको छ ।
यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार भन्दा बढी पुगेको छ। हालसम्म यहाँ ४ करोड १४ लाख जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
