जनस्वास्थ्य सरोकार, काठमााडौँ । कोरोनाविरुद्धको मोडर्ना खोपको २३ लाख ४० हजार डोज नेपाल आइपुगेको छ। सोमबार र मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो ।
सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउदैछ। कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढीसकेको छ।
यस्तै सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई भाइरसविरुद्धको खोप लगाउन फाइजर खोपको ८४ लाख डोज खरिद गर्ने तयारी गरेको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
