जनस्वास्थ्य सरोकार, काठमााडौँ । कोरोनाविरुद्धको मोडर्ना खोपको २३ लाख ४० हजार डोज नेपाल आइपुगेको छ। सोमबार र मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो।
कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।
सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने चौरासियाले बताउनुभयो ।
सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरु पनि ल्याउदैछ। कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढीसकेको छ।
यस्तै सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई भाइरसविरुद्धको खोप लगाउन फाइजर खोपको ८४ लाख डोज खरिद गर्ने तयारी गरेको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
