
जनस्वास्थ्य सरोकार, काठमाडौँ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । अस्पतालले ६० जना नर्स र ८ जना मेडिकल अधिकृत करार सेवामा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
अस्पतालले मंगलबार सुचना जारी गर्दै कोभिडको तेस्रो लहरबाट उत्पन्न भएको प्रतिकुल परिस्थितिमा संक्रमित बिरामीको उपचारका लागि भन्दै दरखास्त आव्हान गरेको जनाएको छ ।
अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जना माग गरेको छ । इच्छुक व्यक्तिले मंगलबार (आज) देखि बिहीबार दिउँसो ३ बजेभित्र दरखास्त दिईसक्नुपर्ने समेत सुचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


