
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा १७ हजार ६७४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ७७६ पिसिआर नमुना परीक्षण गर्दा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
यस अवधिमा देशभर ८ हजार २६७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना रहेको छ ।
सक्रिय संक्रमितमध्ये ७३ हजार १७८ जना होम आइसोलेसनमा र १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २७९ जना आइसियूमा र ५० जना भेन्टिलेटरमा उपचारत छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
