
जनस्वास्थ्य सरोकार, चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।
दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ।
भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो। शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो।
अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो। महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो। महानगरपालिकाको प्रयास सफल भएको भन्दै यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ। रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ। यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शिक्षक केन्द्रीय अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीले सहज र सर्वसुलभ रुपमा उपयोग गर्न पाउनेछन । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले देशभरिबाट शिक्षक यहाँ उपचार गर्न आउँदा थप सुविधाका लागि मेडिकल कलेज उपयोग गर्न पाउने बताउनुभयो। रासस
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
