जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा निरन्तर कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ ।
पछिल्लो २४ घण्टामा यहाँ १ लाख ६१ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लगातार दोस्रो दिन २ लाखभन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यसैगरी सोमबार १ लाख ६७ हजार जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, आइतबार २ लाख ९ हजार ९१८ जना र शनिबार २ लाख ३४ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ८१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार ७३३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ लाख २१ हजार जना रहेको छ ।
कोरोना संक्रमणको तेस्रो लहरमा यहाँ सबैभन्दा संक्रमित २० जनवरीमा पुष्टि भएका थिए । उक्त दिन ३ लाख ४७ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । २० जनवरीपछि यहाँ दैनिक संक्रमितको संख्यामा कमी आइरहेको छ ।
भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै विभिन्न स्थानमा लगाइएको प्रतिबन्धहरु केही खुकुलो गरिएको छ । मुम्बईमा नाइट कर्फयू हटाउनुकासाथै सिनेमाघर, पार्क, समुन्द्र नट, मनोरञ्जन पार्क, स्विमिङ पुल, वाटर पार्क तथा रेष्टुँराहरु ५० प्रतिशतको क्षमतामा खुलाइने छन् ।
भारतमा हालसम्म ४ करोड १६ लाख जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ३ करोड ९४ लाख जनसंख्या कोभिड–१९ संक्रमणमुक्त भएको छ । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ९७ हजार जनाको निधन भएको छ ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
