
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामो समयदेखि कलेजोको समस्यासँग भिड्दै आएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका टिकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गर्नुभएको हो ।
उमेरका आधारमा टिकरीले मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट अनिवार्य अवकाश लिनुभएको थियो । उहाँलाई कलेजोमा समस्या देखिएपछि उपचारका लागि भारत लगिएको थियो । डा टिंकरीको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको हो।
प्रत्यारोपण सफल भएपछि डा टिंकरी आफैले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै प्रत्यारोपण सफल भएको जानकारी दिनुभएको छ ।
दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा सुभाष गुप्ताको टोलीले प्रत्यारोपण गरेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


