
जनस्वास्थ्य सरोकार । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को ‘सब भेरियन्ट’ नेपाललगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक अधिकारीले जनाएका छन्। ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ‘ओमिक्रोन’ भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन्। ‘बीए.२’ ओमिक्रोन (बीए.१) जतिकै गम्भीर रहेको बताइएको छ।
डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए। रोयटर्समा लेखिएको समाचारमा पाभालिनलाई उद्धृत गर्दै भनिएको छ, ‘ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको छ।
डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ। तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन। यद्यपि बीए.२ ले विश्वव्यापीरूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ।’
ओमिक्रोनको सहायक भाइरस (बीए.२)ले फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा सक्रिय रहेको डव्लुएचओका अधिकारी डा. बोरिस पाभलिनले बताएका हुन्।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
