
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेको छ ।
सोही अवधिमा सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा ६३ हजार दुई सय ९६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच नेपालमा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड २७ लाख २४ हजार आठ सय ३९ मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ७३ लाख दुई हजार सात सय ८७ जनाले कम्तीमा एक मात्रा, एक करोड ४९ लाख २७ हजार आठ सय ९८ जनाले पूर्ण मात्रा र ४९ लाख ४१ हजार पाँच सय ४१ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

