
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं महानगरपालिले आजबाट विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिन सुरु गरेको छ ।
फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने बताउनुभयो।
वडास्थित सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने छ ।
जनस्वास्थ्य शाखा छायबहाल, वडा नं. २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं. २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं. २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं. २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

