
जनस्वास्थ्य सरोकार, काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर ९एनसिओसि०ले सोमबार जनाएको छ ।
पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको संख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या ८९ हजार १९२ मा झरेको थियो, जसमा एक हजार ६८४ गम्भीर अवस्थामा रहेका बताइएको छ ।
एनसीओसीका अनुसार आइतबार भाइरससँग लड्दै ३८ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या २९ हजार ५१६ पुगेको हो । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त कोरोनाको अत्यन्त प्रभावित क्षेत्र हो । त्यहाँ पाँच लाख २ हजार २६२ कोरोना सङ्क्रमित भएका छन् । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा ४ लाख ८९ हजार ६५५ जना सङ्क्रमति भएका छन् । सिन्ह्वा
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

