
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ विरुद्धको खोपको मौज्दात र खोप लगाउने व्यक्तिहरुको अभिलेख पठाउन बाँकी ६ जिल्ला र १०९ स्थानिय तहलाई यथाशिघ्र विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार सुचना जारी गर्दै यथाशिघ्र खोपको विवरण पठाउन निर्देशन दिएको हो । मन्त्रालयका अनुसार हालसम्म ७१ जिल्ला र ६४४ स्थानीय तहले खोपको विवरण डिएचआइएस टु प्रणालीमा प्रविष्ट गरेका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूले माघ २१ गतेसम्ममा प्राप्त खोपको मात्रा, म्याद गुज्री वा अन्य कुनै कारणबश क्षती भई प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरण माघ २६ गते बुधबार दिउँसो ३ देखि ४ बजे भित्रमा डिएचआइएस टु प्रणालीमा अनिवार्य प्रविष्ट गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

