
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रेम र आत्मियताले भरिएको मायाको दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ नजिकिदै छ । हरेक वर्ष फेब्रुअरी १४ मा प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउने गरिएको छ ।
भ्यालेन्टाइनलाई प्रेमी प्रेमिकाको दिवसको रुपमा मात्र हेर्न जरुरी छैन । यो मायाको दिवस हो, माया आफ्नो आमा, बुवा दिदी बहिनी या दाजुभाइ, आफ्नो प्रीयजन जो कोहीसँग पनि हुनसक्छ । प्रेमले एक किसिमको बाँच्ने उर्जा प्रदान गर्छ ।
यसैलाई दृष्टिगट गरेर भ्यालेन्टाइन डे को अवसरमा ट्रु डर्मा एस.ए. प्रा.लि. ले आफ्ना प्रीयजनका लागि कस्मेटिकसम्बन्धि विभिन्न खरीदमा ५ सयदेखि १५ सयसम्मको छुटको व्यवस्था गरिएको छ ।
६ हजार ५ सय मूल्य पर्ने सामान पाँच हजारमा उपलब्ध गराएको छ । यसमा अफर यस प्रकार रहेको छ ।

- एक्टिभ फेसवास
- कोभिट ह्वाइनेटिङ क्रिम
- भर्जिन कोकोनट तेल
- भिटामिन सी सेरम
- एक्टिभ वडी वास
- एसपिएफ ३० सन व्लक
- भजाइनल वास
- मोइस्चराइजर
- क्लिञ्जर
- डेरि मिल्क र गुलाफको गुच्छा
यसैगरी ३ हजार २ सय मूल्यको सामान २ हजार ५ सयमा उपलब्ध गराएको छ ।

- एक्टिभ फेसवास
- एसपिएफ ३० सन व्लक
- भजाइनल वास
- मोइस्चराइजर
- क्लिञ्जर
- डेरि मिल्क र गुलाफको गुच्छा
२ हजार मूल्यको सामान १ हजार ५ सयमा उपलब्ध गराइएको छ ।

- एक्टिभ फेसवास
- एसपिएफ ३० सन व्लक
- भजाइनल वास
- डेरि मिल्क र एउटा गुलाफको फूल
आम उपभोक्ताहरुलाई अफरसँगै फ्रि होम डेलिभरि र गुलावको फूल निःशुल्क उपलब्ध गराइएको छ । १ हजार ५ सयको सामान किन्नेलाई एउटा गुलाब फूल, २ हजार ५ सय र ५ हजारको सामान किन्नेलाई गुलावको गुच्छा सहित निःशुल्क होम डेलिभरिको व्यवस्था मिलाइएको ट्रु डर्मा एस. ए. का प्रवन्ध निर्देश सुशान्त मुरारकाले जानकारी गराउनुभयो ।
आफ्नो प्रेमिकालगायत आफन्तहरुमा माया र सद्भाव बढोस् भन्ने उद्देश्यले यो अफर राखिएको हो । यो सामान प्रेम प्रेमिका मात्र नभई सबैले खरीद गर्न सक्छन् । यसमा फेस बुक पेज र ह्वाट्स एपबाट खरीदका लागि अर्डर गर्न सकिने प्रबन्ध निर्देशक मुरारकाले स्पष्ट पार्नुभएको छ ।
प्रत्येक वर्ष भ्यालेन्टाइन डे मा नेपालमा मात्र ५ लाख गुलाफ को बिक्री हुने अनुमान गरिएको छ । भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सह्य भएन र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको मानिन्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

