जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा १२ हजार ६९२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५८७ पिसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा र ४ हजार १०५ नमुना एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
यस अवधिमा ५ हजार १०३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ११ जनाको निधन भएको छ । त्यसैगरी २ लाख ७३ हजार ३४९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ३४ हजार ९८३ जना होम आइसोलेसनमा र १ हजार १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५६ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा उपचारत छन् ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
