
जनस्वास्थ्य सरोकार, काठमाडौं । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।
शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्कीले जानकारी दिनुभयो ।
उहाँलाई अहिले इन्टरनल मेडिसिन विभागको अन्डरमा क्याबिनमा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ। सिटी स्क्यानको रिपोर्टमा भने निमोनिया देखिएकाले एन्टिबायोटिक सुरु गरिएको अस्पतालले जनाएको छ।
जोशी आगामी वैशाख ३० गतेदेखि १०३ वर्षमा प्रवेश गर्दैहुनुहुनछ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


