
जनस्वास्थ्य सरोकार, कठमाडौं । पत्रकार एलबी विश्वकर्माको मृत्यु सिभिलसर्भिस हस्पिटलको लापरबाहीले नभएको छानबीन समितिले निष्कर्ष निकालेको छ ।
अस्पतालको लापरबाहीका कारण पत्रकार विश्वकर्माको मृत्यु भएको आरोप लागेपछि अस्पतालले गत माघ ९ गते अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत सम्मिलित छानबिन समिति गठन गरेको थियो ।

पत्रकार विश्वकर्मा २५ पुसमा श्वास–प्रश्वासमा समस्या, खोकी, दम, जन्डिस र उच्च ज्वरो (१०४ डिग्री) को समस्या लिएर सिभिल अस्पताल पुगेको र चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै तत्काल आकस्मिक कक्षमा भर्ना हुन सुझाव दिए पनि नमानेर घर गएका थिए ।
रिपोर्टमा भनिएको छ, ‘स्वास्थ्य अवस्था खराब देखिएपछि भर्ना हुन भनिएको थियो । फोक्सो, कलेजो र मुटुको चिकित्सकलाई जाँच गराउनसमेत सुझाव दिइएको थियो ।’ तर, बिरामी भर्ना नभई घर गएको आकस्मिक कार्डले देखाएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले उक्त रिपोर्ट श्रमजीवी पत्रकार संघ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि पत्रकार विश्वकर्मा ५ माघ राति उपचारका लागि सिभिल अस्पताल पुगेको रिपोर्टमा उल्लेख छ ।
अस्पतालले बिरामीप्रति गर्ने सेवामा कुनै कसर बाँकी नराखी उपचार गरेको र अन्यत्र पठाउन सम्पूर्ण स्वास्थ्य सुरक्षा पूरा गरी पठाएको रिपोर्टमा उल्लेख छ । तर, सिभिल अस्पतालबाट रिफर भएका विश्वकर्माको सोही राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो ।
यस्तो छ छानबिन समितिको रिपोर्ट

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
