
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।
यसैबीच मन्त्रालयले पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

