जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाबिरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो ।
उहाँले आगामी दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको र सुचनाको अभावमा गाउँपालिकाबाट विपन्नताको कागजपत्र नल्याउँदा धेरै विपन्न नागरिकहरु निःशुल्क उपचारबाट वञ्चित भइरहेकोसमेत जानकाी दिनुभएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
