
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुरुआत गरेको हो ।
पहिलो चरणमा एक लाख ८० हजार प्याकेट सेनेटरी प्याड महानगरले वितरण गरेको छ । लङ्कु स्रोत केन्द्रअन्तर्गतका ६ कक्षामाथि सञ्चालन भएका १८ विद्यालयलाई छात्रा सङ्ख्याका आधारमा प्रतिछात्रा १५ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गर्नुभएको छ ।
दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयलाई हस्तान्तरण गरिने ठकुरीले जानकारी दिनुभयो । उहाँले यसको प्रयोगसँगै फोहरको व्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । महिनावारी भएका बेला विद्यालय जान छात्रालाई असहज हुने भएकाले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सके छात्राको विद्यालयमा निरन्तरता गराउन सहज हुने ठकुरीको भनाइ छ ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले विगतदेखि नै सेनेटरी प्याड वितरण गर्ने योजना भए पनि खरिद प्रक्रियाले ढिलाइ भएको बताउनुभयो । बोलपत्र आह्वान गरेर खरिद गर्दा समय लागेको उहाँको भनाइ छ । घटिघटाउमा रु ९२ लाख ६३ हजार ३९९ मा बोलपत्र सम्झौता भएर सेनेटरी प्याड खरिद गरिएको हो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
