
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश २०७८ संशोधन सहित पारित गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघले कानुन मन्त्रि दिलेन्द्र प्रसाद बडुलाई भेटेर अध्यादेशलाई संशोधन सहित पारित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थामाथि दिन प्रतिदिन आक्रमण गर्ने क्रम निरन्तर जारी रहेको भन्दै त्यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन संघले माग गरेको छ।
अध्यादेशलाई विधेयकको रुपमा संसदबाट कानूनको रुपमा पारित गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन पनि संघले माग गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


