
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको अनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार बिहिबार ११.५२ प्रतिशतमा पोजेटिभ देखिएको हो ।
यसैगरी सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । यो सँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

