जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टरको रुपमा मोडर्ना, फाइजर, कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको परिवार स्वासथ्य महाशाखाले जनाएको छ ।
मशाशाखाले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई लेखेका पत्रमा भनिएको छ, ‘कोभिड–१९ विरुद्धको खोपको पहिलो श्रृङ्खला लगाएको ६ महिना पूरा भएका १८ वर्ष र सो भन्दा माथिका ब्यक्ति सबैलाई खोप उपलब्धताको आधारमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने ।’
सो पत्रमा बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरु, ६० वर्ष माथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिनुपर्ने उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

