
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउनेको संख्या ६ लाख ७२ हजार ५४८ पुगेको छ । सरकारले कोभिडको तेस्रो लहर सुरु भएदेखि फ्रन्टलाइनरको रुपमा कार्यरत र ज्येष्ठ नागरिलाई केही समय अघिदेखि अतिरिक्त खोप दिन थालेको हो ।
कोभिड विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । पूर्ण मात्रा खोप १ करोड ६० लाख ७१ हजार २२६ जनाले लगाइसकेका छन् । पहिलो मात्रा १ करोड ८० लाख ८१ हजार ८२७ जनाले पाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल जनसंख्याको पहिलो मात्रा ७१ दशमलव १ प्रतिशत र पूर्णा मात्रा ५५ दशमलव १ प्रतिशतले पाएका छन् । १८ वर्ष माथिका लक्षित जनसंख्याको ८९ दशमलव २ प्रतिशत र पूर्ण मात्रा ७३ दशमलव ८ प्रतिशतले पाइसकेका छन् । त्यसैगरी लक्षित जनसंख्याको १२ देखि १७ वर्षसम्मका ८४ प्रतिशतले पाएका छन् । पूर्ण मात्रा ३८ प्रतिशतले लगाइसकेका छन् ।
नेपालले विभिन्न मुलुकबाट गरेर ४ करोड ६५ लाख ७० हजार ७२० डोज प्राप्त गरेको छ । गत वर्षको माघको दोस्रो सातादेखि खोप अभियान सुरु भएको थियो । भारतले अनुदानमा १० लाख कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । फ्रन्टलाइनरको रुपमा काम गर्नेले खोप पाएका थिए । सरकारले कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, मोर्डना र फाइजर खोप लगाउँदै आएको छ ।
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
