
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउनेको संख्या ६ लाख ७२ हजार ५४८ पुगेको छ । सरकारले कोभिडको तेस्रो लहर सुरु भएदेखि फ्रन्टलाइनरको रुपमा कार्यरत र ज्येष्ठ नागरिलाई केही समय अघिदेखि अतिरिक्त खोप दिन थालेको हो ।
कोभिड विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । पूर्ण मात्रा खोप १ करोड ६० लाख ७१ हजार २२६ जनाले लगाइसकेका छन् । पहिलो मात्रा १ करोड ८० लाख ८१ हजार ८२७ जनाले पाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल जनसंख्याको पहिलो मात्रा ७१ दशमलव १ प्रतिशत र पूर्णा मात्रा ५५ दशमलव १ प्रतिशतले पाएका छन् । १८ वर्ष माथिका लक्षित जनसंख्याको ८९ दशमलव २ प्रतिशत र पूर्ण मात्रा ७३ दशमलव ८ प्रतिशतले पाइसकेका छन् । त्यसैगरी लक्षित जनसंख्याको १२ देखि १७ वर्षसम्मका ८४ प्रतिशतले पाएका छन् । पूर्ण मात्रा ३८ प्रतिशतले लगाइसकेका छन् ।
नेपालले विभिन्न मुलुकबाट गरेर ४ करोड ६५ लाख ७० हजार ७२० डोज प्राप्त गरेको छ । गत वर्षको माघको दोस्रो सातादेखि खोप अभियान सुरु भएको थियो । भारतले अनुदानमा १० लाख कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । फ्रन्टलाइनरको रुपमा काम गर्नेले खोप पाएका थिए । सरकारले कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, मोर्डना र फाइजर खोप लगाउँदै आएको छ ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
