
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले दूधको उपभोक्ता मूल्य बढाएको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले शुक्रबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको हो । यसअघि प्रतिलिटर दूधको उपभोत्ता मुल्य ७६ रुपैयाँ रहेकोमा बढाएर ८५ रुपैयाँ बनाइएको हो ।
डीडीसीको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौँ उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ ।
यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर रु दुई ४८ पैसा उद्योगीले पाउनेछन् ।
यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


