
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले फागुन १ गते देखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा दिने भएको छ ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोना विरुद्धको खोपको पुरा मात्रा लगाएर ६ महिना नाघेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने निर्णय भएको जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री खतिवडाले भन्नुभयो–'कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।'
सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उहाँले बताउनुभयो । यसैगरी, उहाँले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको बताउनुभयो ।
यसअघि बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो।
बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

