
जनस्वास्थ्य सरोकार, चितवन । आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइने भएको छ। सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्याउन लागेको हो।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले सातवटै प्रदेशमा यससम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लो स्तरसम्म पुर्याउन लागिएको बताउनुभयो।
उहाँले भन्नुभयो–“आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।
विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा बुढाथोकीले जानकारी दिए। सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्यचौकीसम्म यो सेवा विस्तार हुने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो–“स्वास्थ्यचौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा सिफारिस हुन्छ।” विगत दुई वर्षमा प्रदेशहरूमा नीति, निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेटसमेत फ्रिज भएको उहाँको भनाइ छ। रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
