
जनस्वास्थ्य सरोकार, पोखरा । गण्डकी प्रदेशभरि अब देखि रगतका लागि रकम तिर्नु नपर्ने भएको छ । रगत खरिद बिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सबै प्रदेश सरकारले नै तिर्दिने भएपछि रगतका लागि रकम तिर्नु नपर्ने भएको हो ।
फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग प्रदेश सरकारले सम्झौता गर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि, २०७८’ मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
